आईपीएलमा गुजरातको लगातार दोस्रो जित

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई हराउदै गुजरात टाईटन्सले लगातार दोस्रो जित हात पारेको छ । 

गुजरातले दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा दिल्लीलाई ६ विकेटले हराएको हो । दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेकाे थियाे । 

लगातार दोस्रो जित हात पारेको गुजरात ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको दिल्ली अंकबिहिन रुपमा आठौँ स्थानमा रहेको छ ।

Logo