आरआर कलेजमा स्ववियु चुनाव चैत २६ मा हुने

आरआर कलेजमा स्ववियु चुनाव चैत २६ मा हुने

केन्द्रबिन्दु
0
Shares

आरआर क्याम्पसमा विद्यार्थीबीच मतदाता नामावलीमा मतभिन्नता भई स्थगित भएको स्ववियु चुनाव यही चैत २६ मा हुने भएको छ ।

त्रिवि शिक्षाध्यक्षले छानबिन गर्न बनाएको समितिले सकारात्मक प्रतिवेदन दिएपछि  त्रिविले चुनाव गराउन आजै कलेज प्रशासनलाई निर्देशन दिएको थियो । कलेजको निर्वाचन कमिटीले चुनावको अन्तिम तालिका प्रकाशन गर्नुका साथै मतदाता नामावली प्रकाशन गरिसकेको छ । 

विद्यार्थीले कलेज प्रशासन, निर्वाचन समिति र लेखामा लगाएको ताला खोलेका छन् भने चुनाव गराउन संगठनहरू राजी भएका छन् ।कलेज प्रशासनले आजदेखि कलेज प्रवेश गर्न अनिवार्य परिचयपत्र चाहिने सूचित गरेको छ भने कलेजमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । 

Logo