लकडाउन खुलेपछि धमाधम प्रशिक्षणमा खेलाडीहरू (भिडियो रिपोर्ट)

लकडाउन खुलेपछि धमाधम प्रशिक्षणमा खेलाडीहरू (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस (कोभिड-१९) कारण सरकारले लगाएको लकडाउन साउनको पहिलो सातापछि खुकुलो भएसँगै अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि विस्तारै फर्किन थालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा ब्याडमिन्टनले दैनिक रुपमा विदेशी प्रशिक्षकबाट अभ्यास गरिहेको छ भने अन्य खेल पनि फर्किने तयारी गरिहेका छन् ।

बिहानै केही खेलाडी र नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा उपस्थित भएका थिए । प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए । कोरोना भाइरसका कारण एक महिना अघिसम्म कोर्ट बाहिर रहेका खेलाडीहरुमा उमंग छुट्टै देखिन्थ्यो ।

कोर्टमा फर्केर ट्रेनिङ गर्न पाउँदा दंग थिए । खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पुरा गरेकाले खेलाडीमा कोर्टमा फर्काउन सम्भव भएको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताए ।

भिडियो रिपोर्ट 

Logo