नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले १० दलीय गठबन्धन संविधान रक्षालगायतमा सहकार्यका लागि भएको बताएका छन्। उनले उपचुनावमा १० दल नै एकै ठाउँमा उभिनुपर्छ भन्ने नरहेको पनि बताए। सत्ता गठबन्धनमा १० दल रहेको र विज्ञप्ति ५ दलले मात्रै जारी गरेको भन्दै गठबन्धनमा समस्या आएको चर्चा भइरहेका छन्।
सत्ता गठबन्धनका ५ दलले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० को उपचुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका थिए। यसप्रति लक्षित गर्दै भट्टराईले चुनावमा सबै एकै ठाउँमा हुनुपर्छ भन्ने नहुने बताएका हुन्।
‘१० दलीय गठबन्धन राष्ट्रिय स्वाधीनता, संविधान रक्षा, शान्तिप्रक्रियाको पूर्णता, सुशासन र समृद्धिका मुद्दामा प्रतिबद्ध राजनीतिक दलहरूको सहकार्य हो,’ उनले भने, ‘उनीहरूका कतिपय अन्य मुद्दामा असहमति पनि छन्, हुन्छन्। अत: चुनाव/उपचुनावमा सबै सधैँ एकै ठाउँमा हुनुपर्छ भन्ने हुन्न। यति राम्ररी बुझौँ।’





























प्रतिक्रिया