गगन-शेखर समूहले बोलायो आफू पक्षीय सांसदको बैठक

गगन-शेखर समूहले बोलायो आफू पक्षीय सांसदको बैठक

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको शेखर कोइराला गगन थापा समूहले आफू पक्षीय सांसदको बैठक बोलाएको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरुसँग छलफल गर्न लागेको हो ।

शेखर गगन समूहका एक पदाधिकारीका अनुसार दिउँसो सांसदहरुसँग छलफल गरिने भएपनि समय र स्थान तय भइसकेको छैन ।काँग्रेसभित्र गुटगत विवादका कारण प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सकेका थिएनन्।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा काँग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन्। अर्थमन्त्रीमा प्रकाशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन्। 
 

Logo