सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी थालेको छ। मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो।
यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ।खासगरी काँग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा थपिएको नेता रमेश लेखकले बताए।
१० पेज लामो कार्यक्रमको मस्यौदा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन्। संयुक्त सरकारका प्राथमिकतामा ९ वटा प्राथमिकता समेटिएको छ।
काँग्रेसका रमेश लेखक, माओवादीका शक्तिबहादुर बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले तयार पारेको नयाँ मस्यौदामा पहिलेको कार्यक्रममा केही थपघट गरिएको छ। बैठकमा कार्यदलबाट श्रेष्ठले मस्यौदा पेस गरेका थिए । त्यसमाथि मंगलबार साँझ विस्तृत रुपमा छलफल छ ।भोलि विहान सत्ता गठबन्धनको बैठक बसेर सम्भवत भोलि नै सार्वजनिक गरिने जनाइएकाे छ ।































प्रतिक्रिया