प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धको रिट निवेदनको सुनुवाइ हुँदै छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा प्रचण्ड विरुद्धको रिट निवेदनको सुनुवाइ हुँदै छ। २०७३ साल माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।
सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायत सशस्त्र द्वन्द्वका पीडितले सर्वोच्चमा रिट दायर भएकाे थियाे ।































प्रतिक्रिया