रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने

रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।

युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो । 

यसअघि मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको थियो । तर, उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो र बुधबारका लागि पेसी तोकिएको हो । 

सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने अपेक्षा गरिएको छ । 

Logo