रवि लामिछानेको उम्मेदवारी कायमै, खारेज भए उजुरी

रवि लामिछानेको उम्मेदवारी कायमै, खारेज भए उजुरी

केन्द्रबिन्दु
0
Shares

चितवन -२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले उजुरीमाथि दावी नपुगेको भन्दै लामिछानेमाथिकाे चार मध्ये तीन वटा उजुरी खारेज गरिदिएको हो । उजुरी खारेज भएपछि उनको उम्मेदवारी कायम भएको छ। जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले दर्ता गराएको उजुरी खारेज भएको हो । 

तर, काठमाडौँबाट युवराज पौडेल (सफल)ले इमेलमार्फत दर्ता गरेका एउटा उजुरी भने खारेज भएको छैन । उनको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको छ । 

Logo