कप्तान शिखर धवन र प्रभसिमरन सिंहको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को आठौँ खेलमा राजस्थान रोयल्सलाई १ सय ९८ रनको बलियो लक्ष्य दिएको छ।
गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका कप्तान शिखर धवन ५६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८६ रनमा अविजित रहे।
अर्का ओपनर प्रभसिमरन सिंह ३४ बलमा ७ चौका र ३ छक्कासहित ६० रनमा आउट भए। सिंहको आइपिएल करिअरको पहिलो अर्धशतक हो ।
पहिलो विकेटका लागि धवन र सिंहले ९.४ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सिंह जेसन होल्डरको बलमा विकेटकिपर जस बटलरबाट क्याच आउट भएका थिए । जितेश शर्मा १६ बलमा २ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।
शाहरुखा खान ११ रनमा आउट भए ।
साम करन एक रनमा अविजित रहे । राजस्थान रोयल्सका जेसन होल्डरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक एक विकेट लिए । दुबै टोली लगातार दोस्रो जितको सोचमा छन् ।
स्पिनर युजभेन्द्र चहलको बलमा जितेश रियान परागबाट क्याच आउट भएका थिए । रविचन्द्रन आश्विनले सिकन्दर राजालाई एक रनमा बोल्ड आउट भए । आश्विनको क्यामरम बल राजाले चाल पाउन सकेनन् ।





























प्रतिक्रिया