लुम्बिनीमा पीस हाफ म्याराथन सुरू, २ हजार बढि सहभागी

लुम्बिनीमा पीस हाफ म्याराथन सुरू, २ हजार बढि सहभागी

केन्द्रबिन्दु
0
Shares

शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा  लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु  भएको  छ।अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले  प्रतियोगिता आयोजना गरेको हो ।  

प्रतियोगितामा देश भरका २ हजार  ५ सय ५० महिलापुरुष  खेलाडी  मैदानमा उत्रिएका छन्  । पुर्वप्रधानमन्त्री केपी ओलीले   लुम्बिनीमा शान्ति दीपमा बालेको  दीप ओलम्पिक  कोच चन्द्रबहादुर घले बिमला राना र मोहन  घलेलाइ दिएर  प्रतियोगिता  सुरु गरेका  हुन् ।

 उनी एकेडेमीका  संरक्षक पनि  हुन । मायादेवी  मन्दिर अगाडिबात्त सुरु  म्याराथनमा खेलाडीले  लुम्बिनी वरपर २ फन्को मारेर  २१ किलोमिटरको दुरी पुरा  गर्नेछन् ।

प्रतियोगितामा महिलापुरुष  दुवैलाई  छुट्टाछुट्टै पुरस्कृत  गरिने  छ । प्रतियोगितामा  प्रथम   हुने पुरुष  खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ।

महिला  प्रथम  हुनेले १ लाख  ५१ हजार  नगद पाउने छन् । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

Logo