‘उपनिर्वाचनमा गालीगलौज नगरी एजेण्डामा बहस गरौं’ -अध्यक्ष ओली

‘उपनिर्वाचनमा गालीगलौज नगरी एजेण्डामा बहस गरौं’ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले उपचुनावलाई व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै यस्ताे आग्रह गरेका हुन् ।  

एमाले अध्यक्ष  ओलीले सामाजिक सञ्जालमा लेख्दै यस्ताे  भने, 'वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु,मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्छ ।'

'युवामय उपचुनाव !' भन्दै अध्यक्ष  ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्ने उल्लेख गरे ।

Logo