सरकारको ३७ बुँदे उपलब्धीमा एमालेको व्यंग्यः कति पानी पर्‍यो, कति घाम लाग्यो छुटेछ

सरकारको ३७ बुँदे उपलब्धीमा एमालेको व्यंग्यः कति पानी पर्‍यो, कति घाम लाग्यो छुटेछ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन रहेको बताएका छन् । 

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् । उनले सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरु सार्वजनिक गरेको तर त्यसमा कुनैपनि कुरा महत्वपूर्ण नपाएको बताए । 

उनले सरकारका सय दिनका प्राथमिकतामा किसानहरुका समस्या, आर्थिक अवस्थाका समस्याहरु नपरेको बताए । उनले सय दिनसम्म मन्त्रीपरिषद्समेत गठन गर्न नसक्ने सरकारसँग जनताले कुनै आश राख्न नसक्ने बताए । सरकार कार्यहीन, विचारहीन रहेको उनले आरोप लगाए । 

उनले भने, ‘सरकार गठन भएको १०० दिन पुगेछ । गोरखापत्रको दुई पेजमा सरकारले गरेका काममहरु भनेर ३७ बुँदाहरु राखिएछ । एउटा बुँदा छुटेछ । त्यो के भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि यता नेपालका अस्पतालमा कति बालबालिकाहरु जन्मे, त्यसको उल्लेख भएनछ, कति पानी परेका छ, कति घाम लाग्यो त्यो पनि उल्लेख भएन छ । त्यो भएको भए बालबच्चाहरुको संख्या आउँथ्यो ।  ३७ बुँदा पढ्दा के पढेको बुझिँदैन । यो देशका किसानहरुको बारेमा समस्या समाधानका लागि विषयमा कुनै चर्चा छैन, मुलुकको आर्थिक अवस्थाबारे चर्चा नै छैन ।’

उनले अगाडि थपे, ‘एउटासँग विवाह गरेर अर्कोसँग बसेको यो सरकार अहिलेसम्म १०० दिन पुग्दा मन्त्रीपरिषद् त गठन गर्न सकेको छैन, अरु के आश गर्नु । जनता आशावादी नहुनु स्वभाविक छ । यो विचारहीन, कार्यहीन सरकार हो । त्यसैले सरकारको आलोचना गर्दा कोही तात्तिनुपर्दैन । जनतालाई कुनै सेवा नदिने अनि कराएर हुन्छ, सरकार उपलब्धीहीन छ ।’

Logo