कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन [नामावलीसहित]

कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन [नामावलीसहित]

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समिति सदस्य चयन गरिएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गरेका हुन् । 

बुधबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको थियो । जसअनुसार बिहीबार बसेको बैठकमा प्रस्तुत गरिएको सदस्यहरुको नामलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम १३ बमोजिम अनुमोदन गरिएको हो । 

अनुमोदन गरिएको नामहरुमा अजय कुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदिप यादव, महेश कुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् । 

Skip This
Skip This
Logo