सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम जनपक्षीय छ -मन्त्री ज्वाला

सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम जनपक्षीय छ -मन्त्री ज्वाला

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार पुनः गठन भएकाले न्यूनतम साझा कार्यक्रम फेरि ल्याउनुपरेको बताएका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले यसअघिको सरकार नै पाँच वर्ष चल्नुपर्ने र न्यूनतम साझा कार्यक्रमहरु पनि सोही सरकारले बनाएको अनुसार कार्यान्वयन हुनुपर्ने भएपनि सो अनुसार हुन नसक्दा पुनः न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने आवश्यक्ता भएको बताए । 

उनले यस गठबन्धन सरकार पाँच वर्षसम्म निरन्तर कायम रहेन र न्यूनतम साझा कार्यक्रम पनि जनपक्षीय रहेको दाबी गरे । उनले सरकारले पूर्ण रुपमा काम गरिरहेको दाबी गर्दै सरकार तिब्र गतिमा आफ्ना कामलाई अघि बढाउन लागिपरेको बताए । 

उनले भने, ‘यो न्यूनतम साझा कार्यक्रम जनपक्षीय छ । सरकारले पूर्ण रुपमा काम गरिरहेको छ । अब सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछौँ, बजेट पनि छलफल गर्दैछौँ । यो सरकार तिब्र गतिमा आफ्ना कामलाई अघि बढाइरहेको छ । अब अहिले संसदमा बिजनेस नहुने अवस्था छैन, विभिन्न विधेयक हामीले संसदमा पठाएका छौँ । संसद बिजनेसबिहीन हुनुपर्ने अवस्था छैन ।’ 

Logo