सरकारको न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्न मात्रै -सांसद गैरै

सरकारको न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्न मात्रै -सांसद गैरै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताएका छन् । 

बिहीवार संसद भवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद गैरैले यस्तो बताएका हुन् । उनले सरकार साझा न्यूनतम कार्यक्रम बनाउने कुरामा मात्रै सिमित हुँदा कार्यान्वयनको पक्ष फितलो भएको बताए । सरकारको न्यूनतम साझा कार्यक्रम मुख्य कार्यान्वयको विषय बन्न नसकेको उनले बताए  ।

सांसद गैरेले सरकार सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित भएको आरोप लगाए । उनले न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय रहेको उल्लेख गरे । 

सांसद गैरेले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गर्ने खबर पाएको भन्दै आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्नु गलत भएको बताए । उनले सरकारले वर्तमान आर्थिक शंकटका बारेमा चासो नदिएको आरोप लगाए । 

Logo