पूर्वमन्त्री गोविन्दराज जोशीसहित ३ नेतालाई कांग्रेसले गर्‍यो कारवाही

पूर्वमन्त्री गोविन्दराज जोशीसहित ३ नेतालाई कांग्रेसले गर्‍यो कारवाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशीलगायत तीन नेतालाई पार्टी हित विपरित काम गरेको आरोपमा पार्टीबाट कारवाही गर्दै निष्काशन गरेको छ ।

कांग्रेसको अनुशासन समितिले विभिन्न समयमा पार्टीविरुद्ध काम गरेको भन्दै पूर्वमन्त्री गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई कारवाही गरेको हो ।

कांग्रेसले निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँमा बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्काशन गरेको छ । त्यस्तै, पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । पार्टी अनुशासन समितीले एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएको छ ।

 

Logo