नातिनीका लागि उद्योगपति बसन्त चौधरीले गरे प्रिमियर स्कुलमा बाल कवितासंग्रह विमोचन

नातिनीका लागि उद्योगपति बसन्त चौधरीले गरे प्रिमियर स्कुलमा बाल कवितासंग्रह विमोचन

केन्द्रबिन्दु
0
Shares

बसन्त चौधरीको आहाना नामक बाल कविता संग्रह विमोचन भएको छ । 

खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा आइतबार एक कार्यक्रमबीच कविता संग्रह विमोचन भएको हो । सोही स्कुलमा अध्ययनरत ११ वर्षीय आहाना चौधरीको जन्मदिन पारेर साहित्यकार चौधरीले कविता संग्रह सार्वजनिक गरेका हुन् । कविता संग्रहमा बसन्तले आहानाको आनिबानी र दिनचर्यालाई उतारेका छन् । हजुरबुवा–नातिनीको सम्बन्ध र मायाप्रेमलाई सहल र सरल ढंगमा प्रस्तुत गर्दै चौधरीले बालमनोविज्ञानलाई कवितामा उतार्ने प्रयास गरेका छन् । 

बालगृहका बालबालिकाको बाक्लो उपस्थिति रहेको विमोचन कार्यक्रममा स्कुल परिवार, विद्यार्थीका अभिभावक पनि सहभागी थिए । कार्यक्रममा आहानाका साथीहरुले चौधरीद्वारा लिखित कविता संग्रहका कविता वाचन गरेका थिए । 

कार्यक्रममा विद्यालयका संस्थापक तथा विद्यालय प्रमुख पवित्रा लिम्बूले ‘आहाना’ कवितासंग्रह लाइब्रेरीमा राख्ने बताइन् । आहानाले लाइबे्ररीमा बालबालिकाको क्षेत्रमा लेखिएका पुस्तकको अभाव पूर्ति गर्ने बताउँदै लिम्बूले जन्मदिनमा पाएको उपहारका कारण आहानामात्रै नभइ बसन्त चौधरी सबै नेपाली बालबालिकाको हजुरबुवा भएको बताइन् । 
 

 

Skip This
Skip This
Logo