इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुलसँग २-२ गोलको बराबरी खेलेको हो ।
आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलसँग अंक बाड्नु परेको हो । २८औँ मिनेटमा आर्सनलले अग्रता दोब्बर बनायो । गाब्रिएल जेससले मार्टिनेलीकै पासमा गोल गर्न सफल भए । तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन । ४२औं मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई २–१ को स्थितिमा ल्याउदै टोलीलाई खेलमा फर्काउने संकेत दिए ।
५४औँ मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुल बराबरीबाट चुक्यो । रोव होल्डिङले पेनाल्टी बक्समा डिएगो जोटालाई फउल गेपछि प्राप्त पेनाल्टीमा सलाहको प्रहार बाहिरियो ।
त्सपछि निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट जोगाँउदा आर्सनललाई जितबाट वञ्चित गराए। ७८औं मिनेटमा फविन्होको स्थानमा मैदान छिरेका फिर्मिनाले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्न सफल भएका थिए ।
यस बराबरीसँगै आर्सनलले ३० खेलमा ७३ अंक जोडेको छ । आर्सनलले लिगमा ६ अंकको अग्रता बनाएको छ । लिभरपुल ४४ अंक जोडेर आठौँ स्थानमा रहेको छ ।































प्रतिक्रिया