नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो अधिवेशन असोज २५ र २६ गते हुने

नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो अधिवेशन असोज २५ र २६ गते हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आगामी असोज २५ र २६ गते नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेस्रो महाधिवेशन काठमाडौंमा हुने भएको छ ।

शनिबार महासंघ कार्यसमितिको भर्चुअल बैठकले महाधिवेशन असोजमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि असोज २ गते गर्ने निर्णय गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मुल समारोह समितिका साथै अन्य विभिन्न उप–समितिहरु पनि गठन गरेको छ । महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधी सहभागी हुने अनुमान गरिएको छ ।

Skip This
Skip This
Logo