काठमाडौं । गत चैत अन्तिम साता नै हुनु पर्ने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएर यहि साउन २६ र २७ गते तय भएको थियो । कोरोनाको संक्रमण नसकिएको भन्दै सरकारले सभा सम्मेलन तथा भेलाहरु गर्न रोक लगाएपछि महासंघको चुनाव पुनः सरेको हो ।
अब पूर्ण रुपमा लकडाउन खुलेको अथवा सरकारले सभा सम्मेलन गर्न फुकुवा गरेको मितिले १५ दिनभित्र चुनाव हुने भएको छ । यसै सन्र्दभमा महासंघको चुनावका वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेका विप्लवमान सिंहले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समूहले हतार गर्न नहुने बताएका छन ।
उनले अध्यक्ष हुने र अध्यक्ष दिनेलाई कुनै पनि हतार नभएकाले अरुले चुनाव हुनै पर्ने भनेर हतार गर्नु राम्रो नभएको बताए ।
त्यस्तै, अहिलेसम्म महासंघमा पूर्व अध्यक्षहरुको ठूलो चलखेल भइरहेकाले अब आउने नेतृत्वले यसको अन्त्य गर्नु पर्ने बताए । यस्तो गर्न शेखर ग्वोल्छाको नेतृत्व सक्षम हुने समेत उनको दावी छ । साथै अब आउने नेतृत्व कोभिड–१९ ले उद्योग व्यवसायमा पारेको असरलाई कम गर्न सक्ने हुनु पर्ने भन्दै यो गोल्छाले मात्र गर्न सक्ने उनको भनाइ छ । महासंघको निर्वाचन र चुनावी रणनीति के कस्ता रहेका छन् भन्ने विषयमा केन्द्रीत रहेर केन्द्रबिन्दुकी कमला अर्यालले कुराकानी गरेकी छन् । प्रस्तुत छ कुराकानीको पूरा अंशः































प्रतिक्रिया