सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ।
बैठकको एजेण्डमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि कार्यसञ्चालन गठनका लागि नियमावली संशोधन गर्ने प्रक्रिया र संसदमा बिचारधीन विधेयकहरु अगाडि बढाउने विषय थिए ।
नेताहरुका अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली बनाउन समिति गठन गर्ने निर्णय भएको छ । सत्तारुढ दलले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अगाडि बढाउने चाहना रहेको बताएका थिए ।
एमाले, राप्रपा लगायतका दलहरुले संसदीय समिति गठन गरेर दफावार छलफलका लागि पठाउनुपर्ने आफूहरुको अडान रहेको दोहोर्याएका छन् ।





























प्रतिक्रिया