राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेका छन् । दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र मनाङ मर्स्याङ्दीले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा दुवै टोलीले एकएक गोल गरेका थिए । ७८ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि कोफी कोउडुले बराबरी गोल फर्काए । उनले ८४ औं मिनेटमा गोल गरेका थिए ।
यस बराबरीसँगै मनाङ ७ खेलमा १५ अंकसहित शीर्षस्थानमा यथावत छ । थ्री स्टार पनि ७ खेलमा ११ अंक जोड्दै सातौं स्थानमा रह्यो ।





























प्रतिक्रिया