च्याम्पियन्स लिगः जित्ला त रियल मड्रिडले १५औं पटक उपाधि ?

च्याम्पियन्स लिगः जित्ला त रियल मड्रिडले १५औं पटक उपाधि ?

केन्द्रबिन्दु
0
Shares

साबिक विजेता रियल मड्रिड यस सिजन १५औं युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि चुम्ने दाउमा छ । गत सिजन सनसनीपूर्ण १४औं उपाधि जितेको रियललाई यसपटक पनि उपाधिको मुख्य दाबेदार मानिएको छ । 

गत सिजन अन्तिम १६ बाटै हेभिवेट टोलीहरूलाई पालैपालो हार चखाउँदै फाइनलसम्मको यात्रा तय गरेको स्पेनिस महारथी रियलले इङ्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै १४ औं पटक युरोप च्याम्पियन बनेको थियो । जारी सिजन घरेलु स्पेनिस लिगमा राम्रो प्रदर्शन गर्न नसकिरहेको रियलको च्याम्पियन्स लिगमा भने लय डगमगाएको छैन ।   

जारी सिजन घरेलु स्पेनिस लिगमा राम्रो प्रदर्शन गर्न नसकिरहेको रियलको च्याम्पियन्स लिगमा भने लय डगमगाएको छैन ।   

अघिल्लो वर्षहरु झै यसपटक पनि अन्तिम आठदेखि फाइनलसम्म पुग्नका लागि रियल मड्रिडले बलिया क्लबहरूको सामना गर्नुपर्ने भएको छ । जस्तै, सेमिफाइनल प्रवेशका लागि रियलले क्वार्टरफाइनलमा चेल्सीसँग भिड्दै छ । गत सिजन रियलले चेल्सीविरुद्ध कमब्याक जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो । यसपटक पनि रियल चेल्सीविरुद्ध त्यही इतिहास दोहोर्याउने दाउमा छ । प्रिमियर लिगको जारी सिजन लय गुमाएको चेल्सी भने रियलसँग गत सिजनको बदला लिँदै उपाधि यात्रा कायम राख्ने योजनामा हुनेछ । 

यूईएफएले क्वार्टरफाइनलसँगै सेमिफाइनलको खेल तालिका पनि सार्वजनिक गरेको छ । अप्रिल १३ मा रियल मड्रिड र चेल्सी भिड्दा अर्कोतर्फ युरोपका दुई ठुला टोली म्यानचेस्टर सिटी र बार्यन म्युनिख पनि आमनेसामने हुनेछन् । यी दुई खेलको विजेताले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 

यसपटक च्याम्पियन्स लिगमा विगत वर्षहरूझै हेभिवेट क्लबबीच फाइनल खेल हुनसक्ने सम्भावना न्यून छ । किनभने, प्रतियोगितामा हेभिवेट क्लबहरू बार्यन म्युनिख, म्यानचेस्टर सिटी, चेल्सी र रियल मड्रिडमध्ये ३ टोली सेमिफाइनलका खेल सकिँदासम्म आउट भइसक्नेछन् । यी ४ टिममध्ये युरोपको कुनै एक टोली मात्रै फाइनल प्रवेश गर्नेछ । त्यही क्लबले उपाधिका लागि अर्को समुहबाट आउने क्लबसँग उपाधिका लागि लड्नेछ । अर्को समुहतर्फबाट इटालियन सिरी ए लिडर नापोली, इन्टर मिलान, एसी मिलान र बेन्फिकामध्ये एक क्लब फाइनल पुग्नेछ । 

इटालीका ३ मध्ये कम्तीमा एउटा क्लबले सेमिफाइनलमा स्थान बनाउने छन् । 

नापोलीले क्वार्टरफाइनलमा घरेलु प्रतिस्पर्धी एसी मिलानसँग खेल्नेछ । अर्को इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज जाइन्ट बेनफिकाको सामना गर्नेछ । यसपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इटालीका मात्रै ३ क्लबले स्थान बनाएका छन् । यसको अर्थ इटालीका क्लबहरू ब्याक टु ब्याक क्वार्टरफाइनल र सेमिफाइनलमा खेल्ने सम्भावना बढी रहेको छ । इटालीका ३ मध्ये कम्तीमा एउटा क्लबले सेमिफाइनलमा स्थान बनाउने छन् । 

फाइनल खेलसम्मको समिकरण हेर्दा स्पेनिस ला लिगा, इङ्लिस प्रिमियर लिग र जर्मन बुन्डेसका लिगका क्लबले नै युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्ने प्रवल सम्भावना देखिन्छ । तर खेल मैदानमै हुने र सबै क्लबको सम्भावना समान भएकाले अहिले अन्तिम नतिजा नै पर्खिनुपर्ने हुन्छ ।  

Logo