इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ । अरुण जेट्ली स्टेडियममा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे। पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।
पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बेंग्लारसँग पराजित हुँदा दोस्रो खेलमा भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो । तेस्रो खेल पहिलो जित हात पारेको मुम्बई २ अंकका साथ १० टोली सहभागी लिगको आठौँ स्थानमा रहेको छ । चार खेलमा अंकबिहिन दिल्ली पुछारमा रहेको छ ।





























प्रतिक्रिया