एनआईसी एशिया क्यापिटलको स्टार्टअप लन्चप्याड सेवा पुनः सुरु

एनआईसी एशिया क्यापिटलको स्टार्टअप लन्चप्याड सेवा पुनः सुरु

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटलले स्टार्टअप उद्ममी लक्षित लन्चप्याड सेवा पुनः सुरु गर्ने भएको छ । यसअघि सञ्चालन गरेर स्थगन भएको उक्त सेवा चैत १६ गतेको सरकारको निर्णय अनुसार क्यापिटलले पुनः सुरु गर्ने तयारी गरेकाे हाे ।

विगतमा राष्ट्रिय योजना आयोगले सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेसँगै नेपालमै पहिलोपटक मर्चेण्ट बैंकिङ्कको कर्पोरेट एडभाइजरी अन्तरगत स्टार्टअप लन्चप्याड सेवा सुरु गरेको थियो । उक्त समयमा २० भन्दा बढी स्टार्टअपहरुलाई सेवा प्रदान गरिएको क्यापिटलले जनाएको छ ।

चैत्र १६ गते बिहिबार, उद्मोग विभागले स्टार्टअप उद्ममीहरुलाई लक्षित गर्दै नेपाल सरकारद्वारा जारी “स्टार्टअप उद्मम कर्जा कोष कार्यविधि, २०७९” अनुरुप सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेकाले फेरी स्टार्टअप लन्चप्याड सेवा सुरु गरिएको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नवीतम ज्ञान, सोच, सीप, र क्षमता भएको उद्ममीहरुलाई स्टार्टअप उद्मममा संलग्न हुन उत्प्रेरित गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्न नेपाल सरकारले “स्टार्टअप उद्मम कर्जा कोष कार्यविधि, २०७९” बनाएको छ । सो कार्यविधि अनुरुप कर्जा सुविधा लिन इच्छुक सबै स्टार्टअप उद्ममीहरुलाई उक्त सेवा अन्तरगत परियोजनाको प्रस्ताव तयार गर्ने, उद्ममीको पक्षबाट पूरा गर्नुपर्ने कागजातहरुमा सहयोग गर्ने, तथा अन्य आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने क्यापिटलले जनाएको छ ।

स्टार्टअप उद्मम कर्जा कोष कार्यविधि, २०७९ अनुसार कृषि तथा पशुपन्छीमा आधारित, वन (जडीबुटी, वन पैदावार) मा आधारित, पर्यटन प्रवद्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा सम्बन्धित, मानव स्वास्थ सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवाहन सेवासँग सम्बन्धित स्टार्टअपहरु उक्त कर्जा सेवाका लागि योग्य हुनेछन् ।

पुर्वाधार निर्माण कार्यसँग सम्बन्धित, अटोमोवाइलसँग सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रकृयामा सुधारसँग सम्बन्धित, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने, खाद्म उत्पादन तथा प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सम्बन्धित कार्यहरुमा संम्लग्न स्टार्टअपहरु कर्जा सुविधाको लागी योग्य हुनेछन् । उल्लेखित इच्छुक स्टार्टअपहरुलाई कर्जा सुविधा सम्बन्धी परामर्श सेवा एनआईसी एशिया क्यापिटलले उपलब्ध गराउने छ ।

Skip This
Skip This
Logo