सुरक्षण मुद्रणका लागि बजेटको व्यवस्था गर्न सरकारसँग सांसद कार्कीकाे माग

सुरक्षण मुद्रणका लागि बजेटको व्यवस्था गर्न सरकारसँग सांसद कार्कीकाे माग

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्  । 

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेता कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सो मुद्रणका लागि आवश्यक बजेट विनियोजन गर्न नसक्ने हो भने सरकारले ‘सुरक्षण मुद्रणसम्बन्धि विधेयक २०७७’ लाई अगाडि बढाउनुको कुनै अर्थ नरहने पनि स्पष्ट पारे । 

बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले अर्बाैको बजेट मुलुकबाहिर जान नदिन र मुलुकको राष्ट्रिय हित हुने गरी नेपाली रुपैयाँको समेत मुद्रण देश भित्रै गर्न सो मुद्रण आवश्यक रहेको बताए । 

नेता कार्कीले नेपालको पासपोर्ट र मुद्रा समेत छपाई हुने गरी सरकारले सुरक्षण मुद्रणको व्यवस्था गर्नुपर्ने पनि स्मरण गराए । 

Skip This
Skip This
Logo