माधव नेपाललाई योगेश भट्टराईको प्रश्न- होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

माधव नेपाललाई योगेश भट्टराईको प्रश्न- होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । 

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् । उनले अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको पनि बताए । 

उनले भने, ‘जुन पार्टी प्रतिपक्षमा छ । त्यो पार्टीले कसरी संसद विघटन गर्छ ? उहाँले के भन्दै हिँड्नुभएको छ ? सपना देख्नुभएको छ कि ? विपनामा हुनुहुन्छ कि ? होस्मा हुनुहुन्छ कि ? हुनुहुन्न कि ? उहाँजत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवि राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एक, डेढ वर्षमा उहाँ धेरै बदलिनु भएछ ।’

सचिव भट्टराईले काँग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा काँग्रेस ब्युँझिएको टिप्पणी गरे । उनले काँग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि काँग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए । 

उनले देशमा तमाम समस्याहरु भएपनि नेपाली काँग्रेस रमिते बनेर बसिरहेको बताए । 

Logo