राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ ।
मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएपछि बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिको बैठकले सो निर्णय गरेको हो । यससँगै उनको सांसद पद जाने भएको छ।
बैठकले उनको सांसद खारेज भएको निर्णय पनि निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जानकारी दिए । साथै यस प्रकरणमा अनुसन्धानका लागि पार्टीले सघाउने पनि उनले बताए ।





























प्रतिक्रिया