तनहुँ -१ को उपनिर्वाचनमा गोविन्दराज जोशी समूहले कसैलाई नसघाउने

तनहुँ -१ को उपनिर्वाचनमा गोविन्दराज जोशी समूहले कसैलाई नसघाउने

केन्द्रबिन्दु
0
Shares

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा निर्णायक शक्ति मानिएको गोविन्दराज जोशी समूहले कसैलाई पनि सहयोग नगर्ने भएको छ । 

नेपाली काँग्रेससंग वार्ता निष्कर्षमा पुग्न नसकेपछि जोशी समूहले काँग्रेसलाई पनि सहयोग नगर्ने र कसैको पक्षमा नखुल्ने जनाएको हाे । जोशी समूहले एक विज्ञप्ति जारी गर्दै तनहुँ १ को उपनिर्वाचनमा कसैको पक्षमा नखुल्ने र आफ्ना पक्षधर मतदातालाई स्वतन्त्र भएर मत दिन आग्रह गरेको छ ।

काँंग्रेसका पूर्व सहमहामन्त्रीसमेत रहेका जोशीले मुलुकमा देखा परेको वर्तमान चुनौतीको सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने हैसियत भएको योग्य उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् । 

उनले भने ‘नेपाली कांँग्रेसले वार्ता गरेर आफूलाई झुक्याउने काम गरेकोछ, कांँग्रेससंगको  पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको  छ । कांँग्रेसले चैत १९ गते केन्द्रीय कार्यसम्पादन समितिबाट आफु लगायतका नेता कार्यकतामाथिको गरिएको कारवाही फुकुवाको निर्णय जालझेलपूर्ण, झुक्याउने र आफूहरूको अपमान गर्ने खालको भएको प्रष्ट छ ।’ 

Skip This
Skip This
Logo