नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा

नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा

केन्द्रबिन्दु
0
Shares

नयाँ वर्ष २०८० को अवसरमा शुक्रवार बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा शुक्रवार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । 

पशुपतिनाथको दर्शनका लागि शुक्रवार भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको बताए ।

‘पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ,’ उनले भने ।  भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाइएको खतिवडाले बताए ।

केही वर्षयता नयाँ वर्षमा पशुपतिनाथको दर्शन गर्न  आउने भक्तजनको संख्या उल्लेख्य रूपमा बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ ।

Skip This
Skip This
Logo