नेकपा एसले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्ने

नेकपा एसले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । 

शुक्रबार सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले २००६ साल अप्रिल २२ मा कम्युनिष्ट पार्टी स्थापनाको सम्झना स्वरुप काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको बताए । उनले भने, ‘कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । काठमाडौंमा एउटा केन्द्रीय कार्यक्रम हुनेछ । त्यस्तै प्रदेश र जिल्लामा आ आफ्नो अनुकुलता अनुसार कार्यक्रम हुनेछन् ।  देश व्यापी रुपमा कार्यक्रम गर्न पार्टीले निर्देशन दिएको छ ।’ 

त्यस्तै प्रवक्ता खतिवडाले पार्टी छोडेर गएका नेता मुकुन्द न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको जानकारी थिए । पार्टीमा राखेको प्रस्तावमाथि छलफल नगरेको भन्दै लगाएको आरोप खण्डन गर्न समेत लायक नभएको उनको भनाई छ । 

Logo