राज्यको कमजोरीले विश्व सम्पदा ओझेलमा -सांसद बज्राचार्य

राज्यको कमजोरीले विश्व सम्पदा ओझेलमा -सांसद बज्राचार्य

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले विश्व सम्पदा ओझेलमा परेको बताएका छन् । 

शुक्रबार बसन्तपुरमा आयोजित नेपाल पर्यटन दिवसको अवसरमा हेरिटेज टुरिजमको बारेमा आफ्नो धारणा राख्दै सांसद बज्राचार्यले राज्यको कमजोरीले गर्दा विश्व सम्पदा ओझेलमा परेको बताएका हुन् । 

‘विश्व सम्पदाको संरक्षणको विषयलाई कसैले पनि बुझेकै छैनन् । यो सबै राज्यकै कमजोरी हो । स्थिरताको राजनीति छैन् । सम्पदा ओझेलमा पक्कै पनि परेको छ । राष्ट्रपति,  प्रधानमन्त्री आउने समयमा राम्रो तयारी हुन्छ । त्यसपछि छैन् । यसको लागि समिति गठन गर्छन् तर यहाँ पनि भ्रष्टाचार मौलाएको छ ।’ उनले भने । 

संघीय ,प्रदेश र स्थानीयतहको सरकार एक भएर यसको स्वरुप परिवर्तन गर्न सकिने उनको भनाइ छ । उनले राजनीति संगसंगै विश्व सम्पदाको संरक्षणको विषयमा पनि भ्रष्टाचार मौलाएको जिकिर गरे ।

२५ लाख भन्दाबढी अनुमानित लागतमा आयोजना गरिएको पर्यटन महोत्सव एनटीपी मल्टी मिडियाले आयोजना गरेको हो । यसमा नेपाल पर्यटन बोर्डको विशेष सहयोग रहेको छ । 

Logo