इलाममा आयोजित नयाँ वर्षको कार्यक्रममा भागदौड,१२ जनाभन्दा बढी घाइते

इलाममा आयोजित नयाँ वर्षको कार्यक्रममा भागदौड,१२ जनाभन्दा बढी घाइते

केन्द्रबिन्दु
0
Shares

नयाँ वर्षको अवसरमा इलाम सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड मच्चिँदा १२ जनाभन्दा बढी घाइते भएका छन् ।

सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा भिडमा मानिसहरू च्यापिएपछि भागदौड मच्चिँदा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका-६ की अन्जु राई, सूर्योदय-१४ का मिलन लिम्बु, देउमाई-२ की प्रविना राई, फाकफोकथुम गाउँपालिका-७ की दृष्टि भुजेल, फाल्गुनन्द गाउँपालिका-५ का सन्दीप चेम्जोङ, सोही गाउँपालिकाका वडा नम्बर २ की टेकमाया राई, इनपा-५ की काजल राई, इनपा-७ का रमेश बुढाथोकी, इनपा-८ का सुनिता तामाङ र लक्की शेर्पा र फाकफोकथुम गाउँपालिका-२ का नाबालक साजन राई रहेका छन् ।  घाइतेहरूको इलाम अस्पताल र झापाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । 

Logo