मिटरब्याजी पीडितले मार्चपाससहित आज शान्तिबाटिकामा धर्ना दिने

मिटरब्याजी पीडितले मार्चपाससहित आज शान्तिबाटिकामा धर्ना दिने

केन्द्रबिन्दु
0
Shares

महोत्तरीसहितका जिल्लाबाट काठमाडौँमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याजी पीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले शनिबार दिउँसो साढे १२ बजे शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेका हुन् ।

सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, कीर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौँ केन्द्रित संघर्ष गरिरहेका छन् ।

Logo