मुलुकलाई संकटबाट मुक्त गर्न पक्षधरहरू एक ठाउँमा उभिनुपर्छ- कमल थापा

मुलुकलाई संकटबाट मुक्त गर्न पक्षधरहरू एक ठाउँमा उभिनुपर्छ- कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी ,सनातन हिन्दुवादी पक्षधर शक्तिहरू केही मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन्।

नयाँ बर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउँदै एकतामा आउनुपर्नेमा जोड दिए।

मुलुकको व्यवस्थामात्र परिवर्तन भएको अवस्थामा कुनै परिवर्तन नभएको चर्चा गर्दै थापाले राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट गरेकोमा थापाले चिन्ता व्यक्त गरे।मुलुकको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका राजनीतिको छायाँमा परेको उनको भनाइ छ।

Logo