नेपालमा जात र धर्ममा मात्र नभइ प्रकृति र संस्कृतिमा पनि विविधता छः राष्ट्रपति पौडेल

नेपालमा जात र धर्ममा मात्र नभइ प्रकृति र संस्कृतिमा पनि विविधता छः राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वसामु प्रकृति र संस्कृतिले चिनाएको बताएका छन् । 

इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई शनिबार राष्ट्रपति भवन शीतल निवासमा सम्बोधन गर्दै उनले नेपाल बहुजातीय तथा बहुसांकृतिक मुलुक भएको बताएका हुन् । 

राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममा मात्र विविधता नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे । उनले नेपालमा आर्य, मंगोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको चर्चा गर्दै यी सवैलाई मिलाउन सकेमा नेपाली नेपालीबीचको एकता बलियो हुने धारणा व्यक्त गरे । 

राष्ट्रपति पौडेलले नेपालीहरुको विश्वका कुनाकुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीले आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकोमा इन्ट्रा्–नेश्नल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको प्रशंसा गरे । नेपालको संस्कृति विश्व सामू चिनाउनका लागि फाउण्डेशनले अझै थप काम गर्नुपर्ने राष्ट्रपति पौडेलको सुझाव थियो । 

फाउण्डेशनले आफ्रिकाभन्दा बाहेकका ६ महादेशका विभिन्न देशबाट र नेपालबाट मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्समा नेपाली संस्कृति र पहिचान झल्कने नृत्य र गायन प्रतियोगिता गरिरहेको छ । गायनतर्फ १ सय २० जना र नृत्यतर्फ १ सय २० जना कलाकार सहभागि रहेको फाउण्डेशनले जनाएको छ । 

Logo