काठमाडौंमा आज १० जना संक्रमित थपिए

काठमाडौंमा आज १० जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । आज उपत्यकामा थपिएका १० जना सबै काठमाडौंका हुन् ।

यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ४०६ पुगेको छ । जसमा काठमाडौंमा २७५ जना, ललितपुरमा ८२ र भक्तपुरमा ४९ जना रहेका छन् ।

Logo