सांसद सुवाल पनि मेयर बालेनको पक्षमा, खनिए प्रधानमन्त्रीमाथि

सांसद सुवाल पनि मेयर बालेनको पक्षमा, खनिए प्रधानमन्त्रीमाथि

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीले आफ्नो असक्षमतालाई छोप्न झुटो तर्क गरेको आरोप लगाएका छन् । 

आईतबार प्रतिनधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले चुनावबाट सरकार फेर्नुमात्र परिवर्तन नभएको प्रष्ट पारेका हुन् । फोहोरबाट मोहोर बनाउने भन्दै धेरै देशका विज्ञ आएर प्रधानमन्त्रीलाई भेटे पनि परिणाम भने शून्य भएको पनि सांसद सुवालको कथन थियो । 

‘फोहोरबाट मोहोर बनाउने भनि धेरै देशका विज्ञ आएर प्रधानमन्त्रीलाई भेटे परिणाम शून्य भयो । चुनावबाट सरकर फेर्नुमात्र परिवर्तन हैन् । हिजो राजा थियो आज ३/४ पटक प्रधानमन्त्रीहरु निर्वाचित राजा जस्तै भए । आफ्नो असक्षमतालाई ढकछोप गर्न प्रधानमन्त्री आफैंले संविधान सभाको घोषणालाई उल्ट्याउन कसैबाट कसरत भईरहेको झुटो तर्क गर्दै हुनुहुन्छ ।’ उनले भने । 

सरकारले गर्नुपर्ने काम नगरेपछि काठमाडौंका मेयरले उचित कुरा उठाएको र सरकारले नगरपालिका घोषणा गर्नु अघि नै फोहोरमैला व्यवस्थापन, सडक जाम,प्रदूषण, खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता गरेको उनको भनाइ छ । 

नेमकिपा सांसद सुवालले दिनानुदिन बढ्दै गएको प्रदूषणले आमनागरिक बिभिन्न रोगको शिकार भएको बताए । 

Logo