नेपालले घरेलु मैदानमा हुने एसिसी प्रिमियर कपका लागि १४ सदस्य टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा अन्तिम १४ सदस्य टोली घोषणा गरेको हो । नेपालले लिग २ त्रिकोणात्मक ओडिआई सिरिज खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । कुनै नयाँ अनुहारलाई समेटेको छैन ।
एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म टियु र मुलपानी मैदानमा हुँदैछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।
नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । साथै नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा, वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मुलपानीमा, वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ ।
समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । यस प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । पछिल्ला १२ मध्य ११ खेलमा जितका साथ सोझै विश्वकप छनोट तथा ओडिआई मान्यता हासिल गरेकाे नेपालले पहिलो पटक एसिया कप खेल्ने दाउमा छ ।
नेपाली टोली-
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।
वैकल्पिक खेलाडीः अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।





























प्रतिक्रिया