राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ।’ विज्ञप्तिमा उल्लेख छ ।
वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।
हेर्नुहोस्, राष्ट्रपति कार्यालयको विज्ञप्ति-






























प्रतिक्रिया