राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाने

राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेल बेलायत जाने भएका छन् । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन उनी बेलायत जाने भएका हुन् । 

राजा चार्ल्सको राज्याभिषेक आगामी वैशाख २३ गते हुँदैछ । यसका लागि राष्ट्रपति पौडेल वैशाख २१ गते बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका एक सहयोगीले जानकारी दिए । 

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमण दलका को-को सहभागी हुने भन्ने विषयमा अहिले नै कुनै जानकारी गराइएको छैन । तीन दिनसम्म चल्ने राज्याभिषेक समारोहमा राष्ट्रपति पौडेल पनि विशिष्ट अतिथिकोरुपमा सहभागी हुने बताइएको छ ।  

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि चार्ल्स बेलायतको राजसिंहासन विराजमान भएका थिए ।

Logo