इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा एन्टोनी र डिएगो डालोटले एक एक गोल गरे। खेलको ३२ औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७६ औँ मिनेटमा डालोटले गोल गर्दै युनाईटेडको जित पक्का गरे ।जितसँगै युनाईटेडले ३० खेलमा ५९ अंक जोडेको छ।युनाईटेड तेस्रो स्थानमा रहेको छ ।





























प्रतिक्रिया