हिम्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आफ्नो १ सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन्। कार्कीले मुख्यमन्त्रीको रूपमा गत पुस २५ गते शपथग्रहण गरेका थिए ।
सय दिनको अवधिलाई समेटेर सरकारका मुख्य उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी गरेको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए। ‘हालसम्म सरकारले गरेका राम्रा काम सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ खनालले भने, ‘सबै मन्त्रालयसँग विवरण माग गरिएको छ ।’ मुख्य उपलब्धिको रूपमा कोशी प्रदेशको नामकरणमा सरकारले गरेको सहजीकरणलाई पनि उल्लेख गरिने स्रोतको दाबी छ ।





























प्रतिक्रिया