एफपीओ विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

एफपीओ विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रिमियम रकममा करको विवादमा दीर्घकालीन समाधान खोज्न प्रतिवद्धता जनाएका छन् ।

नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरकाबारे ध्यानाकर्षण गराएका थिए ।

छलफलमा प्रधनमन्त्री दाहालले उक्त विषयमा छलफल गरेर दीर्घकालीन समाधानको लागि पहल गर्ने बताएका हुन् । पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएका केही कम्पनी तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो चुक्तापूँजी वृद्धि गर्न एफपीओ जारी गरेका थिए ।

Skip This
Skip This
Logo