काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर धकेलिएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले लोकतान्त्रिक ढंगले संकटमोचन गर्न ५ बुंदे सुझाव पनि दिएका छन् ।
नेता भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् । त्यस्तै उनले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउने प्रस्ताव गरेका हुन् ।
यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गरेका छन्।
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले साढे ११ वर्ष कैद छुट दिएपछि चर्काे आलोचना भइरहेको छ । सर्वोच्चको यो फैसलाले फलत नजिर बस्ने भन्दै सामाजिक संजालमा पनि विरोध भइरहेको छ ।
देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!
— Baburam Bhattarai (@brb1954) July 24, 2020































प्रतिक्रिया