राप्रपाद्वारा संसदीय समितिका लागि सांसदहरूको नाम सिफारिस, [काे कुन समितिमा ?]

राप्रपाद्वारा संसदीय समितिका लागि सांसदहरूको नाम सिफारिस, [काे कुन समितिमा ?]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १० वटा संसदीय समितिहरुमा समावेश गर्न पार्टीका सांसदहरुको नाम सिफारिस गरेको छ ।

संघीय संसद सचिवालयलाई राप्रपाले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार १० वटा संसदीय समितिहरुमा समावेश गर्न सांसदहरुको नाम सिफारिस गरेको हो । 

सिफारिसअनुसार अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र विक्रम पाण्डेलाई सार्वजनिक लेखा समितिमा राख्न आग्रह गरेको छ । साथै अर्थ समितिमा ज्ञानबहादुर शाही र दीपक सिंह, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गीता बस्नेत, कानून न्याय तथा मानव अधिकार समितिमा ध्रुवबहादुर प्रधान, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपालीको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी पूर्वाधार विकास समितिमा दीपक बोहोरा र वीना लामा, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विना जैशवाल, महिला तथा सामाजिक मामिला समितिमा रोशन कार्की र राज्य व्यवस्था तथा सुशासन समितिमा बुद्धिमान तामाङलाई सिफारिस गरिएको छ ।

सिफारिस पत्र-

Logo