ए डिभिजन लिगमा आजबाट दशौँ चरणका खेल हुँदै

ए डिभिजन लिगमा आजबाट दशौँ चरणका खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजबाट दशौँ चरणको खेल सुरु हुदैँछ । जसअनुसार आज दुई खेल हुनेछन ।  

पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ ।

खुमलटार ९ खेलबाट १० अंक जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७ अंकका साथ लिगको पुछारबाट दोस्रोमा छ । यस्तै, अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रनेछन् ।

 यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा नै हुनेछ । मनाङ ९ खेलबाट १५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ भने आर्मी समान खेलबाट १२ अंकका साथ लिगको आठौँ  स्थानमा छ ।

Logo