चितवन क्षेत्र २ मा हुने उपनिर्वाचनको लागि राजनैतिक दलहरु सक्रिय देखिएका छन् ।
बैशाख १० गते हुने उपनिर्वाचनकालागि विराटनगरबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली काँग्रेस जिताउँ अभियानको नेतृत्व लिएर घरदैलो कार्यक्रममा सहभागि भएर विराटनगर फर्किएका छन् ।
यस्तै काँग्रेसका अगुवा नेताहरु अरुण न्यौपाने , प्रबिण जोशी , बिनायक पंत लगायतका कांग्रेस युवा नेताहरुको सहभागिता भएका थिए । चितवन क्षेत्र नं २ बाट काँग्रेसका जित नारायण श्रेष्ठ प्रतिनिधि सभा सदस्यको उमेद्वार बनेका छन् ।
आइतबार केन्द्रीय सदस्य पराजुली सहितको टोली भरतपुर महानगर वडा नं १२ आस्था टोलमा घरदैलो तथा कोण सभामा सहभागी भएको हाे ।





























प्रतिक्रिया