सुनको भाउले फेरि नयाँ रेकर्ड बनायो, तीन दिनमा ३१ सयले बढ्यो

सुनको भाउले फेरि नयाँ रेकर्ड बनायो, तीन दिनमा ३१ सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

सुनको मुल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

आज शुक्रबार सुनको मुल्य तोलामा १३ सय रुपैयाँले बढेर हालसम्मकै नयाँ विन्दुमा पुगेको हो । आज सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि हिजो बिहिबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको थियो । बिहिबार सुन प्रतितोला ५ सय रुपैयाले वृद्धि भएको थियो । बुधबार पनि प्रतितोला १३ सय रुपैया नै बढेको हो । यसरी हेर्दा पछिल्लो तीन दिनमा ३१ सय रुपैयाँले मूल्य वृद्धि भएको छ ।

आजका लागि तेजावी सुनको मुल्य रु ९५ हजार ३६५ रुपैयाँ तोकिएको छ । आज  चाँदीको मुल्य प्रतितोला ११ सय ५० रहेको छ ।

 

छुनै नसकिने सुन ! आखिर किन बढिरहेको छ लगानी ? (भिडियो रिपोर्ट)

 

 

Logo